सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीले गरे पदभार ग्रहण
नेपालखोज
२०७९ माघ २७ गते १८:४३

धनगढी । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीले पदभार ग्रहण गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीद्वय प्रकाश देउवा र नरेश शाहीले शपथ लिएपछि मन्त्रालय पुगे पदभार ग्रहण गरेका हुन् । देउवाले भौतिक पूर्वाधार विकास र शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीको पदभार ग्रहण गरेका हुन् ।
बिहीबार एमाले नेतृत्वको सरकार ढलेपछि संवैधानिक व्यवस्थाबमोजिम प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलका नेता कमलबहादुर शाहलाई प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री नियुक्त गरेका थिए ।
मुख्यमन्त्री शाहले अबका ३० दिनभित्र प्रदेशसभा बैठकबाट विश्वासको मत लिनुपर्नेछ । विश्वासको मत लिने क्रममा आवश्यक मत संख्या २७ पाउन नसकेकै कारण एमालेका राजेन्द्र रावल बिहीबार मुख्यमन्त्रीबाट पदमुक्त हुन पगुका थिए ।
सम्बन्धित
प्रतिक्रिया