विवेकशील साझाले पायो नयाँ नेतृत्व
नेपालखोज
२०७९ माघ २८ गते २०:३३

काठमाडौं । विवेकशील साझा पार्टीले नयाँ नेतृत्व पाएको छ । शुक्रबार र शनिबार चलेको महाधिवेशनले पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन गरेको छ ।
उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए ।
महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चुनिएका संयोजक दाहालले जानकारी दिए ।
विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । जसमध्ये सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने २÷२ जना, महिला ५ जना जनसंगठनबाट चयन हुने २ जना गरी २१ जना चयनका लागि शनिबार नै निर्वाचन हुनेछ ।
बाँकी २१ जनामध्ये ८ जना अहिलेलाई खाली राख्ने र १३ जना केन्द्रीय समितिले पछि मनोनित गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया