आजदेखि नाटक ‘मुनमुन’
नेपालखोज
२०७९ फागुन ५ गते ७:२१

काठमाण्डौं । नाटक मुनमुन आज फागुन ५ गते देखि मण्डला नाटकघरमा मञ्चन हुँदैछ । यो नाटकको प्रदर्शन फागुन २० गतेसम्म चल्ने बताईएको छ ।
साहित्यकार बुद्धि सागरको उपन्यास ‘फिरफिरे’बाट नाटक ‘मुनमुन’ का निर्देशक सम्राट भुजेल हुन भने यो नाटकमा किशोर महर्जनले संगीत दिएका छन ।
नाटक मुनमुनमा मनीषा ओझा, श्रीशेष श्रेष्ठ, सम्राट भुजेल, प्रविन खरेल, सन्तोष गिरी, प्रशंसा सिवाकोटी, दिग्गज खत्री, सृष्टि महर्जन, दीपेश गजुरेल, अरुण शाह, सवि थापा, रिता साइजु, भुवन लुहार, मनोज पोख्रेल, किशोर थापा, विशाल बुढा क्षेत्रीले अभिनय गर्नेछन ।
सम्बन्धित
प्रतिक्रिया