सांसद भण्डारीलाई अप्रेसन थिएटर लगियो

काठमाडौं । ग्यास लिक भएर आगलागी हुँदा जलेर घाइते भएका नेपाली कांग्रेस नेता एवं गुल्मी १ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद डा. चन्द्र भण्डारीको भारतमा उपचार सुरु भएको छ । बुधबार राति घटनालगत्तै १०ः३० बजे कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा भर्ना गरिएका उनलाई चिकित्सकले स्वेदशमा उपचार सम्भव नहुने बताएपछि बिहीबार मुम्बई लगिएको हो ।
सांसद भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा आईसीयुमा उपचार जारी छ । चिकित्सकका अनुसार उनको पछिल्लो अवस्था सामान्य छ । भर्खरै पहिलो सर्जरीका लागि सबै तयारी पूरा गरेर अप्रेसन थियटरमा लगिएको छ ।
बिहान ९ः३० वजेको डा. मुकेश मिस्रावाट भएको काउन्सिलिंग अनुसार हाल सांसद भण्डारीको अवस्था स्थिर नै रहेको छ । साथै पहिलो १०ः३० बजे गरिने मा गरिने सर्जरीका लागि तयारी गरेर अप्रेसन थियटरमा लगिएको छ । डा. मिस्रावाटका अनुसार ८ घण्टा सम्म सांसद भण्डारीको उमेरको कारणले पनि रिस्क रहि रहने तर अहिले शारिरिक पारामिटर नर्मल रहेको छ । आजै सांसद भण्डारीको दिउँसो १ः३० वजे दोस्रो सर्जरी हुनेछ ।
बढी जलन भएको खुट्टा र हातमा प्लाष्टिक सर्जरी गरिएपछि रोग प्रतिरक्षा प्रणाली बढ्ने भएका कारण यसलाई प्राथमिकतामा राखिएको छ । तर अनुहार सुन्निएका कारण तत्काल अनुहारको प्लाष्टिक सर्जरी हुने छैन । भित्री भागको जलनको उपचारको लागि औषधी जारी राखिएको छ ।

प्रतिक्रिया