कतार इस्लामिक बैंकका अध्यक्ष म्यानचेस्टर युनाइटेड किन्ने दौडमा
नेपालखोज
२०७९ फागुन ७ गते १३:०८

काठमाडाैं । कतार इस्लामिक बैंकका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीका छोरा शेख जसिम बिन हमाद अल थानी विश्वको चर्चित फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्ने दौडमा छन् । उनले आफ्नो फाउन्डेसन (नाइन टु फाउन्डेसन) प्रसिद्ध फुटबल क्लब म्यानचेस्टर युनाइटेड किन्न लिलामीमा सहभागी हुने जानकारि दिए ।
शेख जसिमले आफुले यो क्लब किने क्लबको पुरानो गौरव फिर्ता हुने तथा म्यानचेस्टर युनाइटेडलाई जनताको मनमा पुन: स्थापित गर्ने दाबी गरेका छन् । यस क्रममा बीबीसी स्पोर्ट्सले सर जिम र्याटक्लिफको कम्पनी इनियोसले म्यानचेस्टर युनाइटेड किन्न आफ्नो बोली पेश गरेको बताएको छ ।
बोलपत्र पेश गर्ने अन्तिम मिति शुक्रबार थियो । यसअघि ग्लेजर परिवारले म्यानचेस्टर युनाइटेड बेच्ने घोषणा गरेको थियो । ग्लेजर परिवारले सन् २००५ मा यो क्लब किनेको थियो ।
सम्बन्धित
प्रतिक्रिया