शनिबार, वैशाख १५, २०८१

मनकामना दर्शनले दियो ट्रयाक्टर

नेपालखोज २०७९ फागुन ८ गते १७:१५

काठमाडौं । मनकामना दर्शन प्रा.लि.ले ट्रयाक्टर हस्तान्तरण गरेको छ ।

कम्पनीले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत शहिद लखन गाउँपालिकालाई विशेषत वडा नं. २ र ३ को फोहोर व्यवस्थापन कार्यको लागि १ थान महिन्द्रा ट्याक्टर र हाइड्रोलिक ट्रेलर कुरिनटार स्थित अग्नी इनकर्पोरेटेड प्रा.लि.को अफिस प्राङ्गणमा कम्पनीका निर्देशक राजेश बाबु श्रेष्ठले गाउँपालिका अध्यक्ष रमेश बाबु थापालाई हस्तान्तरण गरेका हुन ।

उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष, वडा नं.२, ३ र ४ का वडाध्यक्ष, फोहोरमेला व्यवस्थापनका समितका अध्यक्ष तथा सदस्यहरुको लगायत यस प्रा.लि.का उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो ।

उक्त ट्याक्टरले मनकामना क्षेत्रको फोहर व्यवस्थापन र पर्यावरणमा समेत सकरात्मक कार्य एवं सशक्त प्रभाव रहनेमा हामी विश्वश्त छौं, मनकामना दर्शनले भनेको छ ।

प्रतिक्रिया