सोमबार, असार ९, २०८२

‘समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने राष्ट्रपति आवश्यक’

नेपालखोज २०७९ फागुन ८ गते २०:४६

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति कायम गर्नु अहिलेको आवश्यकता भएको बताएका छन् । आन्तरिक राजनीति र विगतको गल्ती कमजोरी दोहोरिन नदिनका लागि पनि राष्ट्रपति सर्वमान्य व्यक्ति हुनुपर्ने उनको भनाइ छ । 

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रका पदाधिकारी बैठकमा प्रचण्डले संसदमा देखिएको प्रतिनिधित्व र राजनीतिक दाउपेचले संसद् टिकाउन सकसपूर्ण देखिएको भन्दै यस्तो बेलामा समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने राष्ट्रपति आवश्यक हुने बताएका थिए । 

प्रतिक्रिया