दिनको सुरुवात उसिनेको अण्डाबाट

के तपाई पनि अण्डाबाट आफ्नो दिनको सुरुवात गर्ने मानिसहरु मध्ये एक हुनुहुन्छ ? यदि तपाइँको जवाफ हो भने तपाइँ यसलाई अमलेट बनाएर वा उसिनेर कसरी खान चाहनुहुन्छ रु सबैलाई थाहा छ अण्डामा प्रसस्तै पोषक तत्वहरू हुन्छन् जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्दछ । अण्डा खाने सही तरिका भनेको यसलाई उमाल्नु हो। आफ्नो तौल घटाउन वा रोग प्रतिरोधी क्षमता बढाउन चाहनेहरुले उसिनेको अण्डा खानुपर्छ । उसिनेको अण्डामा भिटामिन ए , फोलेट , भिटामिन बी-५ , भिटामिन बी-१२, भिटामिन बी-२ , फस्फोरस , सेलेनियम , क्याल्सियम तथा जिंक पाइन्छ जसका कारण अण्डालाइ सुपरफुड पनि भनिन्छ ।
वजन घटाउन : उसिनेको अण्डा प्रोटिनको राम्रो स्रोत हो। उसिनेको अण्डा खाँदा लामो समयसम्म पेट भरिपूर्ण रहन्छ र धेरै क्यालोरी पनि खानु पर्दैन जसका कारण तौल घटाउन अण्डा फाइदाजनक मानिएको छ । उमालेको अण्डालाई तरकारीसँग सलाद बनाएर पनि खान सकिन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढाउँछ : अण्डामा राम्रो मात्रामा जिंकका साथै भिटामिन बी- ६ तथा बी- १२ हुन्छ र यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन अनि फ्लू र चिसोसँग लड्न मद्दत गर्छ।
हड्डी बलियो बनाउन : अण्डा भिटामिन डीको राम्रो स्रोत हो, यसले रोग प्रतिरोधात्मक क्षमता मात्र बढाउँदैन हड्डीलाई बलियो समेत बनाउँछ।
साबधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री समान्य जानकारि तथा परम्परागत मान्यतामा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक हुनसक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया