‘मैले कति योगदान गर्न सके थाहा छैन तर मेरो देशले क्रिकेट जितेको छ’
नेपालखोज
२०७९ फागुन १० गते १२:१०

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछानेले देशले क्रिकेट जितेको प्रतिक्रिया दिएका छन् ।
आईसीसी विश्वकप लिग २ अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिजमा क्लीन स्वीप गरेपछि सामाजिक सञ्जालमार्फत धन्यवाद दिँदै लामिछानेले सो प्रतिक्रिया दिएका हुन् ।

लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन् ‘मैले कति योगदान गर्न सके थाहा छैन । तर, मेरो देशले क्रिकेट जितेको छ । यो साथ यो मायाको लागि सम्पूर्णमा हृदय देखी आभारी छु ।’

सम्बन्धित
प्रतिक्रिया