नेपालखोज दिनभरी : खबर सारांश
जोमसोममा दुर्घटनाग्रस्त जहाजमा चालक दलको त्रुटि भेटियो ।
बागलुङमा गाई काटेको अभियोगमा चार जना पक्राउ ।
प्रधानमन्त्री ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राष्ट्रपति उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल ।
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवाबीच भेटवार्ता, देउावाले समाजवादी अध्यक्ष माधव कुमार नेपाललाई पनि भेटे ।
७ महिनाको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड ।
निलम्बित सांसद अरुनकुमार चौधरीको निलम्बन फुकुवा ।
३३ अंकले नेप्से बढ्दा एक अर्ब ८० करोडको सेयर किनबेच ।
सांसद भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, खाना मुखबाट खुवाउन थालियो ।
पूर्वप्रधान्यायाधीशलाई राष्ट्रपति वा उपराष्ट्रपति नबनाउन सर्वोच्च बारको ध्यानाकर्षण ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल रात्रिकालीन उडानका लागि तयार ।
विश्वकपको एसिया क्षेत्र छनोटको लागि नेपाली टोलीको बिदाइ ।
पाल्पा–बुटवल सडक दैनिक आठ घण्टा बन्द हुने ।

प्रतिक्रिया