एकदिवसीय विश्वकप- २०२३ कहिले र कहाँ हुँदैछ ?

काठमाडाैं । भारतले पहिलो पटक आईसीसी एकदिवसीय विश्वकप- २०२३ आयोजना गर्ने एकल अवसर पाएको छ । भारतमा पहिलो पटक एकदिवसीय विश्वकप आयोजना हुँदैछ भन्ने होइन, यसअघि भारतले सन् १९८७, १९९६ तथा पछिल्लो पटक सन् २०११ मा विश्वकपको आयोजना गरेको थियो तर ती सबै प्रतियोगिताका सबै खेल भारतमा खेलिएका थिएनन् । यद्यपि यस पटक विश्वकप- २०२३ पूर्णरुपमा भारतमा हुने भएको छ ।
विश्वकप- २०२३ को पुर्व तालिका अनुसार यो प्रतियोगिता ९ फेब्रुअरी २०२३ देखि २६ मार्च २०२३ सम्म संचालन हुनुपर्ने थियो तर आईसीसीले यसलाई ८ महिना पछाडि सार्यो ।
क्रिकेट विश्वकप – २०२३ कहिले सुरु हुन्छ ?
आईसीसीले सन् २०२३ को आईसीसी विश्वकपलाई लिएर कुनै आधिकारिक घोषणा गरेको छैन तर प्राप्त जानकारी अनुसार एकदिवसीय विश्वकप अक्टोबरको अन्त्य र नोभेम्बरको शुरुमा सुरु हुनेछ । आईसीसी एकदिवसीय विश्वकप- २०२३ को सम्भावित तालिका भने बाहिरिएको छ ।
आईसीसी एकदिवसीय विश्वकप- २०२३ सुरु हुने मिति : आईसीसी पुरुष क्रिकेट विश्वकप- २०२३ को पहिलो खेलको मिति अझै तय भैसकेको छैन। अक्टोबरको अन्त्यबाट सुरु हुने क्रिकेट विश्वकप- २०२३ एकदिवसीय हुने निश्चित छ ।
विश्वकप- २०२३ को फाईनल मिति : पुरुष क्रिकेट विश्वकप- २०२३ को फाइनल खेल २६ नोभेम्बर २०२३ मा खेलिनेछ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप- २०२३ संचालन हुने स्थान : भारत क्रिकेट विश्वकप २०२३ मा १० वटा देसको सहभागिता रहनेछ । आईसीसी विश्वकप- २०२३ का लागि सबै क्रिकेट मैदानहरू बुक भैसकेका छन् । २०२३ को विश्वकपका खेल १३ वटा स्टेडियममा खेलाइनेछ ।
आईसीसी विश्वकप २०२३ का १३ वटा स्टेडियमको नाम
१. वानखेडे (मुम्बई)
२. इडेन गार्डेन (कोलकाता)
३. अरुण जेटली स्टेडियम (दिल्ली)
४. एम चिन्नास्वामी स्टेडियम (बैंगलोर)
५. एमए चिदम्बरम स्टेडियम (चेन्नई)
६. अहमदाबाद
७. पीसीए स्टेडियम- (मोहाली)
८. राजीव गान्धी अन्तर्राष्ट्रिय स्टेडियम (हैदराबाद)
९. भिसिए स्टेडियम (नागपुर)
१०. एमसिए स्टेडियम (पुणे)
११. ग्रीन पार्क स्टेडियम- (कानपुर)
१२. नरेन्द्र मोदी स्टेडियम (गुजरात)
१३. गान्धी स्टेडियम- गुवाहाटी (आसाम )
प्रतिक्रिया