‘रंग फेर प्रतियोगिता भए प्रचण्डले छेपारोलाई नै हराइदिन्छन्’
नेपालखोज
२०७९ फागुन १३ गते ८:४५

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले माओवादी अध्यक्ष पुष्पमल दाहाल ‘प्रचण्ड’लाई छेपारोको संज्ञा दिँदै अब वामपन्थी सहकार्यको समाप्त भएको बताएका छन् ।
सामाजिक संजाल ट्विटरमा ट्वीट गर्दै उनले प्रचण्ड र छेपारोबीच रंग फेर प्रतियोगिता भए प्रचण्डले छेपारोलाई नै हराउने टिप्पणी गरेका छन् । उनले प्रचण्डसँग कुनै आशा नै नभएका कारण अहिले निरास हुनुपर्ने कारण नभएको उल्लेख गरेका छन् ।
उनले उग्रपन्थीको अन्तिम बिसौनी दक्षिणपन्थी अवसरवाद नै हुनेसमेत टिप्पणी गरेका छन् । उनले अब एमाले आफ्नै लयमा अघि बढ्नु पर्ने पनि बताएका छन् ।
सम्बन्धित
प्रतिक्रिया