आइतबार, असार ८, २०८२

राप्रपाकाे कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बस्दै

नेपालखोज २०७९ फागुन १३ गते ८:५४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) ले कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ ।

बैठक आज बिहान ८ बजेपछि केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेकाे राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । संयुक्त बैठकले सरकारमा बस्ने नस्नेबारे निर्णय गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

यसअघि शुक्रबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा प्रस्तावक र समर्थक नबस्ने निर्णय गरेको छ।

प्रतिक्रिया