चितवन २ को उपचुनावका लागि उम्मेदवार छान्ने अधिकार देउवालाई
नेपालखोज
२०७९ फागुन १३ गते ११:००

काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार छान्ने जिम्मा सभापति शेरबहादुर देउवालाई दिएको छ ।
पार्टीको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले वैशाख १० मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट अघि सारिने उम्मेदवारबारे निर्णय गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिएको जानकारी दिएका छन् । उनका अनुसार उपचुनाव प्रयोजनका लागि पार्टी दर्ता प्रक्रिया पनि थालिनेछ ।
चितवन २ मा आगामी वैशाख १० मा उपनिर्वाचन मिति तोकिसकिएको छ । यसअघि निर्वाचित भएका रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर भएसँगै यस क्षेत्रमा सांसद पद रिक्त भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया