टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेहरुको संख्या ५० हजार नाघ्यो
नेपालखोज
२०७९ फागुन १३ गते ११:२८

काठमाडाैं । यो महिना टर्की र सिरियामा गएको भूकम्पमा परि मृत्यु हुनेहरुको संख्या ५० हजार नाघेको छ ।
टर्कीको प्रकोप उद्धार एजेन्सीले देशमा भूकम्पबाट मृत्यु हुनेहरुको संख्या ४४,२०० नाघेको जनाएको छ । यता सिरियामा यहि भुकम्पका कारण ६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार टर्कीमा भूकम्पका कारण १ लाख ६० हजारभन्दा बढी भवन ध्वस्त भएका छन् वा त्यसमा ठूलो दरार परेको छ ।
फेब्रुअरी ६ मा टर्की र सिरियामा दुईवटा शक्तिशाली भूकम्प गएका थिए भने त्यहाँ हजारौं पराकम्प महसुस भैरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया