तोलमा दुई सय रुपैयाँ घट्याे सुन

नेपालखोज २०७९ फागुन १५ गते १३:१६

काठमाडाैं । नेपाली बजारमा आज सोमबार सुनको मूल्य तोलमा दुई सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी महासंघको अनुसार अघिल्लो दिन (आइतबार) प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँ घट्दै १ लाख १ हजार ८ सय रुपैयाँमा झरेको हो । 

यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले नै घट्दै आज १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया