आइतबार, असार ८, २०८२

‘राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि अस्वीकार गरें’

नेपालखोज २०७९ फागुन १६ गते ६:३६

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) का अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।

एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि हिजाे सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा ओलीले राष्ट्रपति जस्तो पदमा आधा–आधा कार्यकालको प्रस्ताव गरेपछि अस्वीकार गरेको बताए ।

मुलुकका लागि यो राम्रो नहुने उनको भनाइ थियो । ‘नेपाली कांग्रेस संविधान, लोकतन्त्र र गणतन्त्र प्रतिबद्ध भएको छ’, उनले भने, ‘यसमा माओवादी केन्द्र त छँदैछ ।’ जससँग गठबन्धन गर्दै आयौँ त्यसैलाई साथ दिन, इमान्दारिता कायम गर्न र शक्ति सन्तुलन राख्न ठीक छ भन्ने कुरालाई अध्ययन गरेर कांग्रेसका नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा समर्थन दिइएको अध्यक्ष नेपालले बताए ।

आफ्नो पार्टीको अस्तित्व र भूमिका यो देशमा महत्वपूर्ण रहेको बताउनुभएका उनले संविधान, सङ्घीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाको लागि राष्ट्रिय सहमतिको आवश्यक रहेको बताए । उक्त सन्दर्भमा उहाँ विसं २०७५ गठन भएको नेकपा ब्युताउनुपर्ने कुरा आफूले राख्दै आएको स्पष्ट पारे ।

प्रतिक्रिया