आइतबार, पुष ६, २०८२

आशा लघुवित्तको लाभांश दर संशोधन

नेपालखोज २०७९ फागुन १६ गते १५:०४

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले लाभांश संशोधन भएको छ । माघ २३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ मा कायम गरेको चुक्ता पुँजी ३३ करोड ३९ लाख १४ हजारको २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत लाग्ने कर प्रयोजनार्थ नगद गरी कुल २१.०५ प्रतिशत अर्थात ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

संशोधित लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीहरुलाई वितरण हुनेछ । कम्पनीले फागुन १५ गते आफ्नो चुक्ता पुँजीको १४.२९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरी १५ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ । नियामक नेपाल राष्ट्र बैंकको पत्र अनुसार लाभांश संशोधन भएको हो ।

प्रतिक्रिया