शनिबार, जेठ ५, २०८१

मात्रै नाम अलग अलग छ !

अर्जुन पराजुली २०७९ फागुन १७ गते १०:००

दल एउटै छ मेरो देशमा
मात्रै नाम अलग अलग छ !
काम एउटै छ केवल खान
मात्रै बदनाम अलग अलग छ !
माओ, लेनिन, विपी, राजा,
आ-आफ्नू राम अलग अलग छ !
उद्यम एउटै- बेच्ने आफ्नू राम,
मात्रै घाम अलग अलग छ !
‘नैवेद’ एउटै छ, भान्सा एउटै
मात्रै खाने लाभ अलग अलग छ !!

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया