एकै पटक ७० जना इन्स्पेक्टरहरूको काज सरूवा

नेपालखोज २०७९ फागुन १७ गते १०:३५

काठमाडौं । प्रहरी प्रधानकार्यालयले ७० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को काज सरूवा गरेको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एक वर्ष समय अवधि पुगेका सबैलाई काज सरुवा गरेका हुन् ।

इन्स्पेक्टर प्रमुख रहने विभिन्न युनिटका नेतृत्व हेरफेर गरेको प्रहरी प्रधानकार्यालयले जनाएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान डेमो गुल्म महाराजगञ्ज, काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिल थापाको इलाका प्रहरी कार्यालय बेलहिया, रुपन्देही काज सरुवा भएको छ । यसैगरी, इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा कार्यरत प्रहरी निरीक्षक अनोज विकको प्रहरी वृत्त थानकोट,काठमाडौं सरुवा भएको छ ।

यसैगरी, अरबिन्द कुमार साहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर, रौतहटबाट इलाका प्रहरी कार्यालय लक्ष्मीनियापुर विजयपुर रौतहट, ईश्वर कार्कीको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सरुवा भएको छ ।

प्रतिक्रिया