डाबर नेपालद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख सहयोग

नेपालखोज २०७९ फागुन १७ गते १०:४७

काठमाडौं । डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख रुपैयाँ अनुदान सहयोग गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उद्देश्यका साथ, डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई उक्त रकम सहयोग गरेको जानकारी दिएको छ ।

कम्पनीले संस्थानसँग नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउन र स्वास्थ्य पूर्वाधार विस्तार गर्ने सम्झौता समेत गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पु¥याउने उद्देश्यले कम्पनीले गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन संस्थानलाईसहयोग गरेको जनाएको छ । उक्त रकम कम्पनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक ईश्वरी राणा, नेपाल र म्यानमारका बिजनेस हेड एचएस बेदीले संयुक्त रुपमा संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई हस्तान्तरण गरेका थिए ।

डाबर नेपाल, काठमाडौंको प्रांगणमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा डाबर नेपालका एचआर हेड अनिल पुरी र संस्थानका एडमिन कन्सल्टेन्ट मंदार शिखर ब्यानर्जी पनि उपस्थिति रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया