एनआईसी एसिया लघुवित्तका कर्मचारीलाई कालोमोसो

नेपालखोज २०७९ फागुन १७ गते १३:४२

काठमाडौं । चर्को ब्याज असुलिरहेको भन्दै देशैभर व्यापक विरोध र प्रदर्शन भइरहेका बेला लघुवित्तका एक कर्मचारीमाथि कालोमोसो दलिएको छ ।

जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एसिया लघुवित्तका एक कर्मचारीमाथि मंगलबार दिउँसो कालोमासो दलिएको हो ।१६ फागुनमा जाजरकोटको भेरी नगरपालिकमा मासिक किस्ता उठाउन गएका लघुवित्तका ती कर्मचारीमाथि दुई जना व्यक्तिले कालोमासो दलेर फरार भएको जनाइएको छ । मोसो दल्ने समूहको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।

कर्मचारीको साथमा रहेको रकमसमेत समूहले खोसेर लगेको पाइएको जाजरकोटका डीएसपी सन्तोष रोक्काले जानकारी बताए ।

घटनामा संलग्नताको आशंकामा प्रहरीले ५ जना नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको उनले बताए ।

प्रतिक्रिया