प्रदेश १ का मुख्यमन्त्री कार्यालय र निवासवरपर अनिश्चितकालीन निषेधाज्ञा घोषणा
नेपालखोज
२०७९ फागुन १७ गते १४:२७

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्रीको कार्यालय र निवास तथा प्रदेशसभा भवन क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेको छ । प्रदेशसभाले प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको हो ।
निषेधाज्ञा बुधबार दिउँसो ३ बजेदेखि शुरु हुने र अनिश्चितकालसम्म कायम रहने जिल्ला प्रमुख अधिकारी (सीडीओ) तीर्थराज भट्टराईले आजै एक रुरी सूचनामार्फत जानकारी दिएका छन् ।

सम्बन्धित

प्रतिक्रिया