सोमबार, वैशाख २४, २०८१

कंगनाको मातृ प्रेम

नेपालखोज २०७९ फागुन १८ गते ११:१०

काठमाडाैं । मुम्बई– बलिउड अभिनेत्री कंगना रनौत तथा विवाद एक–अर्काका परिपूरक हुन् । प्रायः सामाजिक सञ्जालमा विभिन्न विषयहरुमा तीता अभिव्यक्ति दिएर उनी विवादमा आइरहन्छिन् ।

यसपटक भने उनले आफ्नी आमाप्रतिको लगावलाई सामाजिक सञ्जालमार्फत व्यक्त गरेकी छिन् । भारतको हिमाञ्जल प्रदेशको मन्डी जिल्लाको एउटा गाउँमा रहेको आफ्नो घरसंगै बारीमा काम गरिरहेकी आमाको तस्बिर शेयर गर्दै अभिनेत्री रनौतले आफ्नी आमाका बारेमा आफ्ना धारणा व्यक्त गरेकी छिन् ।

कंगनाले शिक्षिकासमेत रहेकी आफ्नी आमा आशा रनौत बारेमा लेखेका धारणाहरु जस्ताको तस्तै :

‘उहाँ मेरी आमा हुनुहुन्छ । हरेक दिन ७–८ घण्टा खेतीपाति गर्नु हुन्छ । अक्सर घरमा मानिसहरु आउँछन् र उहाँलाई भन्छन्– ‘हामीलाई कंगनाको आमालाई भेट्नु छ ।’ विनम्रतापूर्वक हात धोएर उहाँले उनीहरुलाई चिया– खाजा खान दिएपछि भन्नु हुन्छ– ‘म नै उनकी आमा हुँ ।’ उनीहरु अचम्ममा पर्छन्, उनीहरु हैरान हुन्छन्, आमाको खुट्टा नै समात्छन् । एकै पटकमा घरमा कहाँ यति धेरै मान्छे आउँछन्, सबैलाई आफैँले चिया–खाना बनाएर किन दिनु पर्यो । उहाँ भन्नु हुन्छ, होइन छोरी, जसले तिमीलाई यति धेरै चाहन्छन्, हाम्रो सौभाग्य हो कि हामी उनीहरुको सेवा गर्न सकौं, धन्य हुनुहुन्छ मेरी आमा र उहाँको चरित्र । उहाँप्रति मेरो एउटा मात्र गुनासो छ– ‘फिल्मको सेटमा उहाँ आउनै चाहनु हुन्न, बाहिर खाना खान चाहनु हुन्न, केवल घरकै मात्र खाना खानु हुन्छ । मुम्बईमा बस्न चाहनु हुन्न । विदेश जान चाहनु हुन्न । र, यदि हामीले दवाव दियौं भने उल्टै कडा गाली खानु पर्छ । उहाँको चरणमा रहौँ त कसरी रहौँ ।’

प्रतिक्रिया