शनिबार, असार ७, २०८२

अहिलेकै गठबन्धनबाट दोस्रोमा नेपाल र अन्तिममा देउवा प्रधानमन्त्री : शशांक कोइराला

नेपालखोज २०७९ फागुन १८ गते १५:०७

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद डा. शशांक कोइरालाले ८ दलीय गठबन्धनबाट आगामी कार्यकालका लागि ३ जना प्रधानमन्त्री बन्ने बताएका छन् ।

उनले पहिला प्रचण्ड, दोस्रोमा एकीकृत समाजवादीका अध्यक्ष मधवकुमार नेपाल र अन्तिममा कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति भएको खुलासा गरेका छन् ।

राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई काठमाडौं राखिएको प्रशिक्षण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद डा। कोइरालाले माधव नेपाल एक वर्षका लागि मात्र प्रधानमन्त्री बन्ने बताए ।

२५ गतेपछि अर्को गठबन्धन बनेर प्रधानमन्त्री देउवा बन्ने कुरा हल्ला मात्र भएको र देउवा अन्तिममा मात्र प्रधानमन्त्री बन्ने विषयमा कुरा मिलेको बताए । संसदको अर्को कार्यकालको आमनिर्वाचन देउवाकै नेतृत्वमा हुने दाबी गरे ।

उनले पछिल्लो चरणमा ८ दल मिलेर बनेको सत्ता गठबन्धन पछिसम्म जाने र यसैले देशको विकास गर्ने र जनतामा सुशासन दिने बताए । फरक प्रसंगमा उनले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा दलको ह्वीप नलाग्ने स्पष्ट पारे ।

प्रतिक्रिया