विश्वकप लिग टु : युएईसँग नेपाल पराजित
नेपालखोज
२०७९ फागुन १८ गते १८:१७

काठमाण्डौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको दोस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग पराजित भएको छ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा २०८ रनको लक्ष्य पछ्याएको नेपालले ३१.५ ओभरमा सबै विकेट गुमाएर १३९ अलआउट भयो । युएईलाई जिताउन रोहन मुस्ताफाले अलराउण्ड प्रदर्शन गरे ।
ब्याटिङमा संयमित हुँदै अविजित ५२ रन बनाएका उनले बलिङमा ३ विकेट लिए । युएईसँग पराजित भएपछि लिग टु को शीर्ष तीनमा रहेर विश्वकप छनोटमा पुग्ने नेपालको सम्भावना कठिन बनेको छ ।
अब नेपालले शीर्ष तीनमा पर्न बाँकी रहेको ६ वटै खेल जित्नुपर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया