सहसचिव नेत्र सुवेदीलाई सेन्सर बोर्डको जिम्मेवारी
नेपालखोज
२०७९ फागुन १८ गते १९:१६

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केन्द्रीय चलचित्र जाँच समितिको अध्यक्षकाे जिम्मेवारी सहसचिव नेत्रप्रसाद सुवेदीलाई दिएकाे छ । यसअघिका अध्यक्ष सेवन्तक पोखरेल भन्सार विभागको उपमहानिर्देशकमा सरुवा भएपछि सुवेदीलाई सेन्सर बोर्डको जिम्मा दिइएको हो ।
सहसचिव सुवेदी विज्ञापन बोड सदस्यको जिम्मेवारीसँगै मन्त्रालयका प्रवक्ता समेत बनेका छन् । अध्यक्षको भूमिकामा आएपछि सुवेदीले दुई सातायता फिल्म सेन्सर पनि गरिरहेका छन् ।
सेन्सर बोर्डका पूर्वअध्यक्ष पोखरेल एक महिनाअघि नै भन्सार विभागमा सरुवा भएपछि सहसचिव सुवेदीलाई सेन्सर बोर्डको जिम्मेवारी दिइएको हाे । सेन्सर बोर्डमा मन्त्रालयका सहसचिव अध्यक्ष हुने अभ्यास छ । सेन्सर बोर्डका अध्यक्षलाई नै मन्त्रालयको प्रवक्ता समेत तोकिने गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया