शनिबार, वैशाख २२, २०८१

फ्राइडे फिल्म : गिरी र केसीकाे भिडन्त

नेपालखोज २०७९ फागुन १९ गते ७:३०

काठमाण्डौं । फागुन १९ गते शुक्रबारदेखि नेपालभर तथा अन्य विभिन्न देशमा एकसाथ दुई नेपाली चलचित्र सार्वजनिक प्रदर्शनमा आउँदै छन् । ती दुई नेपाली चलचित्रमा ‘छक्का पञ्जा – ४ ‘ तथा ‘ २.० छड्के ‘ छन । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले यी दुवै चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

अनमोल केसीले मुख्य भुमिका निर्वाह गरेको चलचित्र २.० छड्के तीन वटा ग्याङको आपसी द्वन्द्वमा आधारित छ । यो चलचित्रमा रोयल मनाङ ग्याङ, बारुलाज ग्याङ तथा ग्रीन ग्याङको कथा हेर्न पाइन्छ।

यी ग्याङको काम मनाङको प्राकृतिक स्रोत दोहन गरि धन आर्जन गर्नु हो । यीनै तीनवटा ग्याङमध्येको एउटा ग्याङको नेता छन् अभिनेता अनमोल केसी । उनको शरीरभरि ट्याटु खोपिएको छ भने उनि हातमा खुँडा बोकेर बुलेट बाइकमा हुँईकिरहेका हुन्छन् ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनको यो चलचित्रमा रोविन तामाङ, निगम श्रेष्ठ, कमलमणि नेपाल, देवकुमार श्रेष्ठ, सृजना सुब्बा, रेशा आले मगर, देवु श्रेष्ठ, इयान स्कट क्लेमेन्ट, सन्तोष मिजार, अफरान अलि, चिरन्जिबी अधिकारी तथा कुमार घलान आदि कलाकार पनि देखिन्छन् ।

निर्भाना फिल्म स्कुल, काभ्रे फिल्म्स तथा मेधा प्रोडक्सनको व्यानरमा निर्मित यो चलचित्रमा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ निर्माता तथा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माता छन् ।

यसैगरि चलचित्र ‘छक्का पञ्जा – ४’ को निर्देशन हेमराज विसीले गरेका हुन जसमा दीपकराज गिरी, स्वस्तिमा खड्का, मलिना जोशी, नीर शाह, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, बुद्धि तामाङ, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेल, राज आचार्य, सुष्मा निरौला, वेदना राई जस्ता कलाकारले अभिनय गरेका छन् । यो चलचित्रको कथा दीपकराज गिरीले तयार पारेका हुन भने छायांकन नरेन्द्र मैनालीले गरेका छन् ।

चलचित्र ‘छक्का पञ्जा – ४’ का निर्माता दिपेन्द्र खनिया र केशव न्यौपाने छन् भने कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् । यो फिल्म आमा सरस्वती मुभिजको व्यानरमा निर्माण भएको हो ।

प्रतिक्रिया