‘ए’ डिभिजन लिग : एपीएफ र चर्च ब्वाइज विजयी, मनाङ र हिमालयन खेले बराबरी

काठमाण्डौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लबले थ्री स्टार क्लबलाई हराएको छ । दशरथ रंगशालामा भएको खेलमा एपीएफले थ्री स्टारलाई २–० गोलले हराएको हो । एपीएफको जितमा कुमार लामा र अर्माण्ड विनोङले गोल गरे ।
अर्को खेलमा नव प्रवेशी टिम चर्च ब्वाइजले नेपाल पुलिस क्बललाई हराएको छ । च्यासल मैदानमा भएको खेलमा चर्च ब्वाईजले पुलिसलाई २–१ गोलले हरायो । चर्च ब्वाइजका लागि आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक÷एक गोल गरे । पुलिस क्लबका रवि पासवानले एक गोल गरे पनि जितको लागि पर्याप्त भएन । चर्च ब्वाइज यसै वर्ष ए डिभिजन लिगमा बढुवा भएको हो ।
त्यस्तै, कीर्तिमानी आठ पटकको च्याम्पियन मनाङ मस्र्याङदी क्लब सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको पहिलो खेलमा बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङले हिमालयन शेर्पा क्लबसँग १–१ गोलको बराबरी खेलेको हो ।
‘ए’ डिभिजन लिगको विजेताले उपाधिसहित ७५ लाख, दोस्रो हुने टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् । लिगमा सहभागी १४ क्लबबिच हुने १ सय ८२ खेलपछि अङ्क तालिकाको पुछारमा रहेका दुई टोली ‘बी’ डिभिजनमा घटुवा हुनेछन् ।
प्रतिक्रिया