शुक्रबार, वैशाख १२, २०८२

होलीलाई बनाऔं वातावरण मैत्री

नेपालखोज २०७९ फागुन २२ गते ११:००

रङको पर्व होली रङ बिना अधुरो छ तर बजारमा पाइने रङ प्रयोग गर्न मानिसहरु डराउँछन् । यसको कारण यसमा प्रयोग हुने केमिकल नै हो । यस्तो स्थितिमा घरमै प्राकृतिक रंग तयार गर्न सकिन्छ ।

होलि रंगीन र जीवन्त उत्सव हो । यो दिन सामाजिक रुपमा घुलमिल हुने , पार्टी गर्ने , हाँस्ने, नाच्ने, पेय पदार्थ तथा मिठाईको मजा लिने अनि मानिसहरूमा खुशी र माया फैलाउने दिन हो ।

अर्गानिक रंग संग होली खेल्नुहोस् : यस पटक होली खेल्न अर्गानिक रंग प्रयोग गर्नुहोस । होलीमा केमिकलरहित रङहरू प्रयोग गर्न सकिन्छ । केमिकलयुक्त रङको प्रयोगले छालामा पिम्पल एवं दागहरु निम्तिन्छन, त्यसैले अर्गानिक रंगले मात्र होली खेल्नुपर्छ । बजारमा पाईने सिन्थेटिक रंग छालाका लागि मात्र होइन वातावरणका लागि पनि हानिकारक हुन्छ । त्यसैले वातावरणमैत्री होली खेल्न अर्गानिक रंग नै प्रयोग गर्नुपर्छ । प्राकृतिक रंग घरमै बनाउन सकिन्छ । यसका लागि बेसारको धुलो, चन्दन, मेहन्दि, फुल पत्रहरु प्रयोग गर्न सकिन्छ ।

प्लास्टिकको बेलुन प्रयोग नगर्नुहोस् : बेलुन प्रयोग नगर्नुहोस् । बेलुन प्लास्टिकबाट बनेका हुन्छन् । बेलुन भरेर होलि खेल्नु भनेको पानीको बर्बादी पनि हो । बेलुन फ्याँक्दा कसैलाई चोट पुग्न सक्छ । कसैलाई हानि नपुर्याइ सुरक्षित र खुसीका साथ होली मनाउनुपर्छ ।

होलीका सजावटि सामाग्री : यो पर्वमा आफ्नो घर सजाउन अर्गानिक फूलहरू प्रयोग गर्नुपर्छ । आँगनमा वा घरको कुनै पनि ठाउँमा रंगोली बनाउनुहोस् । रंग संग होली खेल्न फूल प्रयोग गर्न सकिन्छ । फूलहरूबाट धेरै प्रकारका डिजाइन तयार हुन्छन ।

मिठाई तथा नमकीन : चाडपर्व भनेको विभिन्न परिकारको आनन्द लिनु पनि हो। यदि पाहुनाहरूका लागि विभिन्न प्रकारका मिठाइ तथा खाजाहरू बनाउन सकिदैन भने स्थानीय बेकरी वा मिठाई पसलहरूमा सम्पर्क गर्न सकिन्छ । होलीमा चिसो पेय पदार्थको सट्टा ठन्डाई, मिल्क शेक तथा फलफूलको जुस तयार गर्न सकिन्छ ।

प्रतिक्रिया