शनिबार, असार ७, २०८२

प्रचण्ड विरुद्ध रिट इमोस्नल ब्ल्याकमेलिङ : मेटमणि चौधरी

नेपालखोज २०७९ फागुन २३ गते १७:४३

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं पूर्वमन्त्री मेटमणि चौधरीले प्रचण्ड विरुद्ध सर्वाेच्चमा दर्ता गरिएको रिट केवल ब्ल्याकमेलिङ भएको बताएका छन् ।

‘कमरेड प्रचण्ड विरुद्ध सर्वाेच्चमा परेको रिट र हुन सक्ने संभावनाको विषय केवल भ्रमित पार्ने कुरा मात्रै हो । तत्कालीन समयमा संयुक्त राष्ट्र संघको रोहबरमा नेपाल सरकार र विद्रोही पक्षबिचमा प्रकिया मिलाएर टुङ्गोमा पुर्याउने विषय हो ।

हो केही काम बाँकी छन् । यो सरकारले नै टुङ्गोमा पुर्याउने विषय हो ।’ चौधरीले समाजिक संजालमा लेखेका छन् । पूर्व मन्त्री समेत रहेका चौधरीले यसबाट कसैलाई पनि खुसी हुन जरुरी नभएको स्पष्ट पारेका छन् । ‘यो फगत भ्रम हो । राष्ट्रपति चुनाव अगाडि गरिएको प्रोक्सि लडाइँ हो ।’ उनले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया