नेपालको वरीयता सुधार
नेपालखोज
२०७९ फागुन २४ गते २२:१०

काठमाडौं । नेपालले एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको छ ।
नयाँ वरीयतामा नेपाल १७ औं स्थानमा उक्लिएको छ । यस अघि नेपाल १९ औं स्थानमा रहेको थियो । अमेरिका र यूएईलाई पछि पार्दै नेपाल शीष स्थानमा उक्लिएको हो ।
एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड १२ औं स्थानमा रहेको छ । भारत वरीयताको शीर्ष स्थानमा रहँदा अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।
सम्बन्धित
प्रतिक्रिया