नायिका सुरक्षा पन्तले कसिन् लगनगाँठो
नेपालखोज
२०७९ फागुन २५ गते १४:४२

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाँधिएकी छिन् । आज चितवनको सौराहाको एक रिसोर्टमा प्रेमी मानव सुवेदीसँग विवाह गरेकी हुन् ।
आफन्त र निकट साथीभाइको उपस्थितिमा उनीहरुको वैवाहिक कार्यक्रम भइरहेको छ । सुरक्षा आफैंले सामाजिक सञ्जालबाट विवाहको तस्वीर सार्वजनिक गरेकी छन् ।
तस्वीरमा सुरक्षाले सुन्तला रङको सारी र मानवले चाहिं वैजनी रङको कोट र दौरा सुरुवाल लगाएका छन् । तस्वीरमा दुवै जना खुसी देखिएका छन् । विवाहमा मिडियालाई प्रवेश दिइएको छैन । चलचित्रकर्मीका लागि भने काठमाडौं फर्किएपछि रिसेप्सन दिने उनीहरुको तयारी छ ।
कलाकार समेत रहेका मानव र सुरक्षा ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् । सानो जमघटमा गरिएको विवाहमा मानव र सुरक्षाका दुवै पक्षका परिवार र आफन्त उपस्थित छन् । यी दुईले विवाहको एक दिनअघि इन्गेजमेन्ट र मेहेन्दी समारोह गरिसकेका छन् ।
सम्बन्धित
प्रतिक्रिया