सोमबार, असार २३, २०८२

यस्ता छन् छाला चिलाउने समस्याको घरेलु उपचार

नेपालखोज २०७९ फागुन २६ गते ६:२३

कहिलेकाहीँ छाला चिलाउने समस्याले मानिसहरुलाई निकै सताउँछ। एकपटक चिलाउन थालेपछि यो सजिलै रोकिँदैन। कतिपय अवस्थामा य‍ो समस्याका कारण लाजमर्दो स्थिति पनि सृजना हुन्छ । कहिलेकाहीँ अत्यधिक चिलाउने समस्याका कारण औषधि नै सेवन गर्नुपर्ने स्थिति उत्पन्न हुन्छ । शरीरको छाला चिलाउने समस्या समाधान गर्न केही घरेलु उपायको मद्दत लिन सकिन्छ ।

नीम : नीम शरीरका लागि निकै लाभदायक हुन्छ । यसमा पाइने एन्टिब्याक्टेरियल तथा एन्टिफङ्गल गुणले चिलाउने समस्या समाधान गर्छ । नीम प्रयोग गर्न यसको पात पिसेर पेस्ट बनाउनुपर्छ । उक्त पेस्टलाई चिलाउने ठाउँमा ५ देखि १० मिनेटसम्म राखेर सामान्य पानीले धुनुपर्छ ।

एप्पल साइडर विनेगर : एप्पल साइडर भिनेगर शरीरका लागि निकै फाइदाजनक हुन्छ । एप्पल साइडर भिनेगर प्रयोग गर्न एक कप मनतातो पानीमा एक चम्चा एप्पल साइडर भिनेगर मिसाउनुपर्छ । अब कपासको सहायताले यो मिश्रणलाई प्रभावित क्षेत्रमा लगाई ५ मिनेटपछि सामान्य पानीले धुनुपर्छ ।

नरिवलको तेल : नरिवलको तेल शरीरका लागि निकै स्वस्थकर हुन्छ । यसलाई शरीरमा दल्दा छालाले पोषण प्राप्त गर्नुका साथै छाला पनि चम्किलो हुन्छ । चिलाउने समस्या समाधान गर्न नरिवलको तेललाई हल्का तताएर चिलाएको ठाउँमा लगाउनुपर्छ । यसबाट चिलाउने समस्यामा आराम मिल्छ ।

एलोवेरा जेल : एलोभेरा जेलले छालासँग सम्बन्धित समस्याहरू हटाएर छालालाई स्वस्थ बनाउन मद्दत गर्छ। छाला चिलाएको ठाउँमा एलोवेरा जेल लगाई आधा घण्टा पछि सामान्य पानीले क्षेत्र धुनुपर्छ । यसले छालालाई पोषण दिनुका साथै इन्फेक्सन हटाउन मद्दत गर्छ ।

कागती : कागतीले छालाको चाउरी हटाउन मद्दत गर्छ । यसमा पाइने एन्टिब्याक्टेरियल गुणले छालासँग सम्बन्धित समस्याहरू समाधान गर्छ । चिलाउने समस्या हटाउन एउटा कचौरामा कागतीको रस निकालि त्यसलाई कपासको सहायताले प्रभावित क्षेत्रमा लगाउनुपर्छ । ५ मिनेटपछि सामान्य पानीले छाला पखाले समस्या बाट छुटकारा पाईन्छ ।

यी घरेलु उपाय लगातार केही दिन अपनाएर चिलाउने समस्याबाट छुटकारा पाउन सकिन्छ । यी घरेलु उपचार लिनु अघि प्याच टेस्ट गर्नु उपयुक्त हुन्छ ।

सावधानी : स्वास्थ्य सम्बन्धी यो सामग्री समान्य जानकारि तथा परम्परागत मान्यतामा आधारित छ । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक हुनसक्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्र भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्नु अघि स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

प्रतिक्रिया