शनिबार, असार ७, २०८२

रन्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने नाउपाकाे निर्णय

नेपालखोज २०७९ फागुन २६ गते १२:५५

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रन्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेको छ । आज बसेको संसदीय दलको बैठकले उनलाई उम्मेद्वार बनाउने निर्णय गरेको जनाइएकाे छ ।

आठ दलीय गठबन्धनमा समेत रहेकाे नागरिक उन्मुक्ति पार्टीले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णय गरेकाे छ भने, आठ दलीय गठबन्धनले उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)लाई दिने निर्णय गरेको थियो ।

श्रेष्ठ गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा कैलाली–१ बाट निर्वाचित भएकी थिइन् । उपराष्ट्रपतिको उम्मेद्वारी दर्ता भोलि हुँदै छ ।

प्रतिक्रिया