शनिबार, वैशाख १५, २०८१

अब १२ हजार भन्दा कमैमा पाइन्छन् स्मार्टफोन

नेपालखोज २०७९ फागुन २६ गते १५:०६

काठमाडाैं । हरेक दिन नयाँ-नयाँ फिचरसहितका स्मार्टफोनहरु लन्च भैरहेका छन् । यस्ता स्मार्टफोन अद्यावधिक हुनुका साथै तिनको मूल्य पनि लगातार बढ्दै गएको छ । यद्यपि अझै पनि यस्ता धेरै मानिसहरू छन् जो फिचर फोन नै प्रयोग गरिरहेका छन् र पहिलो पटक स्मार्टफोनमा अपग्रेड गर्न चाहन्छन् । मन भए पनि स्मार्टफोन किन्न बजेट कम हुन्छ । त्यस्ता व्यक्तिहरूका लागि बजारमा सस्ता विकल्प पनि उपलब्ध छन् जसले कम मूल्य मै उत्कृष्ट विशिष्टता प्रदान गर्दछन ।

यहाँ बजारमा उपलब्ध केहि स्मार्टफोनका बारेमा उल्लेख गरिदैँछ जुन १२,००० रुपैयाँ भन्दा कममा लिन सकिन्छ ।

मोटो E13 : मोटो ई १३ स्मार्टफोन ४ जीबी र्याम तथा ६४ जीबी इनबिल्ट स्टोरेजका साथ उपलब्ध हुन्छ र यसको मूल्य १२ हजार ८ सय रुपैयाँ जति छ । यो फोनमा Unisoc T606 प्रोसेसर तथा ६.५ इन्चको एचडी स्क्रिन दिइएको छ जसमा वाटरड्रप नच उपलब्ध छ । यसमा ५००० एमएएचको ब्याट्री प्रदान गरिन्छ जसले युएसबि टाइप-सी पोर्ट मार्फत १० वाटको फास्ट चार्जिङलाई सपोर्ट गर्छ । मोटो ई १३ स्मार्टफोन IP52 रेटिङका साथ आउँछ जुन स्प्ल्याश प्रतिरोधी छ । यो डल्बी एटमस अडियो सहितको सस्तो फोन हो । यो मोटोरोला फोन एन्ड्रोइड १३ गो मा आधारित छ ।

सामसुङ ग्यालेक्सी ए ०३ : यदि तपाइँ सामसुङ जस्ता ब्रान्डको बजेट फोन चाहनुहुन्छ भने Galaxy A03 खरिद गर्नसक्नुहुन्छ । यसको अन्तर्राष्ट्रिय बजार मुल्य १२, ७०० जति छ । यो डिभाइस ३ जीबी र्याम र ३२ जीबी इनबिल्ट स्टोरेज तथा युनिसोक टाइगर टी ६०६ प्रोसेसरसहित लन्च गरिएको छ । यो स्मार्टफोनमा ६.५ इन्चको स्क्रिन दिईएको छ । यो ह्यान्डसेटलाई पावर दिन ५००० एमएएचको ब्याट्री दिइएको छ । यसको सबैभन्दा महत्त्वपूर्ण विशेषता एपर्चर एफ/१.८ भएको ४८ मेगापिक्सेलको प्राइमरी क्यामेरा हो ।

टेक्नो स्पार्क गो २०२३ : Techno Spark Go 2023 स्मार्टफोनमा ६ .५६ इन्चको HD+ Dot Notch IPS डिस्प्ले दिईएको छ । यो स्मार्टफोनमा ५ मेगापिक्सेलको एआई सेल्फी क्यामेरा जडान गरिएको छ जसको रियरमा १३ एमपी डुअल एआई क्यामेरा छ जुन डुअल फ्ल्यासलाइटको साथ आउँछ । य‍ो ह्यान्डसेटमा ३ जिबि र्याम्प तथा ३३ जिबि भण्डारण अनि ३ जिबि र्याम्प तथा ६४ जिबि भण्डारणको विकल्प उपलब्ध छ । यो टेक्नो फोनमा ५००० एमएएच ब्याट्री छ भने यसमा एन्ड्रोइड १२ मा आधारित HiOS १२.० दिइएको छ । यो फोनमा MediaTek Helio A22 प्रोसेसर रहेको छ । Tecno Spark Go 2023 स्मार्टफोन रिटेल आउटलेटहरुबाट करिब ११ हजार २ सयमा खरिद गर्न सकिन्छ ।

रेडमी टेन ए : Redmi 10A स्मार्टफोन पनि करिब ११ हजार २ सयमा खरिद गर्न सकिन्छ । यो आफ्नो मुल्य समुहको उत्कृष्ट स्मार्टफोन मध्ये एक हो । यो ह्यान्डसेटमा MediaTek Helio G25 प्रोसेसर , ३ जीबी र्याम तथा ३२ जीबी इनबिल्ट स्टोरेज जस्ता सुविधाहरू उपलब्ध गराइएको छ। रेडमीको यो फोनले फोरजी नेटवर्क सपोर्ट गर्छ । यसमा मल्टि क्यामेरा प्रणाली , फिंगरप्रिन्ट सेन्सर , ५००० एमएएच ब्याट्री आदि सुबिधा छ । एकपटक फुल चार्ज गरेपछि यसको ब्याट्री दुई दिनसम्म टिक्ने कम्पनीले जनाएको छ । Redmi 10A को बडि प्लास्टिकबाट बनेको छ र यो टिकाउ छ । य‍‍ो उपकरणमा माइक्रोएसडी कार्ड सपोर्ट र ३.५ एमएमको अडियो ज्याक पनि छ । यसको डिस्प्ले ६.५३ इन्चको एचडी डिस्प्ले हो ।

Realme Narzo 50i प्राइम : Realme Narzo 50i प्राइम स्मार्टफोन कम मुल्यको एउटा उत्कृष्ट फोन हो । ३ जीबी र्याम र ३२ जीबी स्टोरेज भएको य‍ फोन पनि करिब ११ हजार २ सयमा खरिद गर्न सकिन्छ । यो ह्यान्डसेटमा Unisoc T612 प्रोसेसर दिइएको छ । यो स्मार्टफोन अद्वितीय डिजाइन र पछाडि ८ मेगापिक्सेल रिजोल्युसन भएको क्यामेराका साथ आउँछ । सेल्फी र भिडियो कलिङका लागि यसको अगाडि ५ मेगापिक्सेलको सेल्फी सेन्सर छ । यो डिभाइसमा वाटरड्रप स्टाइल नचको साथ ६.५ इन्चको एचडी डिस्प्ले छ । यसमा माइक्रो यूएसबी पोर्ट , ३.५ एमएमको हेडफोन ज्याक तथा माइक्रोएसडी कार्ड स्लट जस्ता सुविधाहरू पनि छन् । यो फोनको पछाडिको भागमा टेक्स्चर प्यानल छ जसका कारण यसको ग्रिप राम्रो छ ।

नोकिया C20 प्लस : यदि तपाइँ स्टक एन्ड्रोइड UI भएको एन्ड्रोइड फोन चाहानुहुन्छ र त्यसको मूल्य १२ हजार भन्दा बढि नहोस भन्ने चाहना छ भने नोकिया सि २० प्लस एउटा राम्रो विकल्प हो । यो डिभाइसमा २ जीबी र्याम , ३२ जीबी इनबिल्ट स्टोरेज तथा युनिसोक एससी ९८६३ ए प्रोसेसर जस्ता सुविधाहरू दिइएको छ । य‍ो फोनमा ब्लोटवेयर वा तेस्रो पक्षीय एपहरू उपलब्ध छैनन्। नोकियाको यो डिभाइस एन्ड्रोइड ११ ओएसका साथ लन्च गरिएको छ । यसमा ८ मेगापिक्सेलको प्राइमरी क्यामेरासहित २ मेगापिक्सेलको सेन्सर छ । यो फोनमा ४९५० एमएएचको ब्याट्री दिइएको छ, जुन सामान्य प्रयोगमा दुई दिनभन्दा बढी टिक्नसक्छ ।

प्रतिक्रिया