बिहीबार, वैशाख २०, २०८१

रूपान्तरणको जीवन 

बाबुराम आचार्य २०७९ फागुन २७ गते ११:२१

एक शब्द तर सयौँ परिभाषाहरू,  प्रयोगकर्ता, परिस्थिति र भोगाई अनुरूप जीवनको विश्लेषण गर्ने गरेको पाइन्छ । कसैले जीवनलाई सिकाइको रूपमा लिन्छन्, कसैले असाधारण यात्रा, कसैले शक्ति । यी सबैको एउटा निचोड हो जीवन । जीवन एउटा तटस्थ शक्ति हो । यो जहाँ पनि मोड्न सकिन्छ । 

जीवनमा हामी केही पाएनौ भनेर जीवनलाई दिग्दार सम्झन्छाैँ अनि आफ्ना अगाडी आएका प्रश्नहरूमा जीवनलाई उभ्याउन नसकी असफल भएको सम्झन्छौँ । तर जीवन असफल भयो भन्नु भन्दा प्रकृतिको बलमा पाएको जीवनको बलमा बाँच्नु नै आनन्द हो । त्यस कारण हामीले जीवन के हो भन्ने बुझेका छैनौँ र सफल भयौँ भनेर जीवनमा असफलताको बाटो हिँडिरहेका छौ ।

जीवनसँग आउने गरेका प्रश्नहरू सधैँ अनुत्तरित हुन्छन् । जस्तै, जन्म के का लागी मृत्यु के का लागि, खाना के का लागी आदी ? जीवन नबुझेका मानिसहरू मृत्युबाट भाग्न खोज्दछन् । उनीहरू भित्र कायरता हुन्छ । त्यसैले जीवन बुझ्न आवश्यक छ । जीवन बुझ्नु भनेको आफ्नो पेसा क्रियाकलाप आदि बुझ्नु हो । धोबी पानीमा काम गर्छ तर तिर्खाले मर्छ, उसले आफ्नो पेसालाई राम्ररी बुझेको छ । पेसा र आफ्नो जीवनका विषयमा मानिसहरू एकै किसिमका हुन्छन् तर उनीहरूले समाज र जीवन नबुझेका कारण फरक छन् । नेपालका धेरै मानिसहरू सफल भएर पनि शक्तिहीन छन् । यसको एउटै कारण खोज्दै जाँदा केन्द्रमा पनि गरिबी नै भेटिन्छ, किनकि हाम्रो जीवनमा गरिबीको मानसिकताले बास गरिरहेको छ । त्यो मानसिकता जबसम्म हामीमा रहन्छ, तबसम्म हामी गरिब भइरहन्छौ ।

हामी जहिले पनि जीवनलाई असफल अर्थ मात्र लगाउँछौँ र मानसिक हिसाबमा गरिब हुन्छाैँ तर सकारात्मक सोच्ने हो भने हाम्रो जीवन सफल छ । किनकि त्यो सम्भव रहन्छ । जब जीवनको वास्तविक क्षमताको मुल्याङकन हुन्छ र मात्र जीवन सफल भयो भन्न मिल्छ । तर हामी सफल भएर पनि असफल र अपाङगहरुको भन्दा कार्यहीन र हीनताबोधले ग्रसित छौ, यसको एउटै कारण हो, आत्मविश्वासको कमी । प्रकृतिको बलमा सृजित मानव जीवनमा सफल सोच, हिम्मत र परिश्रम साथ अगाडी बढ्दै प्रकृतिमा तपाई विश्वास गर्नु हुन्न भने तपाई पछाडिको संसार अँध्यारो छ । तपाई मेरो विश्वमा अल्मलिरहनुभएको छ । हाम्रो विश्व भन्ने थाहै छैन । त्यसैले कुनै पनि काम अरूले गराएर होइन, आफैले गर्ने हो । तपाईँले अब काम पुरानो विचारले गर्ने होइन की पुरानो काम नयाँ विचार गर्दा सफलता हात पार्नु हुनेछ । त्यसैले जीवन अरूलाई देखाउनको लागि होइन, चरित्र निर्माणको लागि हो ।

जीवन जिउने क्रममा गाँसिएर आउँछ रोजाई । जुन जीवन अहिले हामी बाँचिरहेका छौ । तपाई जुन काम गरिरहनुभएको छ, त्यो हाम्रो रोजाई हो । हामी रोजाइले फरक छौँ, रोजाई कै कारण सफल र रोजाई कै कारण शक्तिहीन । संसारमा कुनै काम तपाइलाई रोज्न नलगाई गरेको हुँदैन ।त्यसैले रोजाइलाई सम्मान गर्नुपर्दछ । जब हामीहरू सुखका दिन रोज्छौँ त्यो दिन नआउन सक्छ भने जुन दिन हामी दुःखको रोज्छौ त्यो दिन स्वतः सुखको हुन पनि सक्छ । त्यसैले हाम्रो रोजाई सङ्घर्षमय हुनुपर्छ । अनि मात्र सफलता पाइन्छ । आफ्नो रोजाइको सानातिना काम गर्दा पनि मूल लक्ष्यलाई ध्यानमा राखेर गर्नुपर्छ र मात्र जीवनमा सफलताको पाठ सिकाउन सकिन्छ । सफलताको लागि हामीले एउटा बिन्दुको पर्खाइमा हुन्छौ । जब सबै विवाद भन्दा पर त्यो बिन्दु हुन्छ, जुन बिन्दुमा हाम्रो भेट हुन्छ र हाम्रो विवाद र असफलता स्वतः समाप्त हुनेछ ।

सफलता वा असफलताको पछाडि गाँसिएर आउँछ आधिकारिकता । मानव जीवन बाहिरबाट हेर्दा जस्तो देखिन्छ त्यस्तै नहुन सक्छ । जसले भ्रम छाडेर उपलब्धि पाउने आशा गर्छ । त्यो स्वतः अनधिकृत हुनेछ । त्यसैले म बहादुर छु भन्ने मानिसले यो बुझ्नु आवश्यक छ की, म त्यो स्थानमा पुग्नु छ, समाज रूपान्तरणका लागि सबै मनुष्यको योगदान प्रभावकारी रहोस् । मानव जीवनमा हामी खास परिवेशमा जुन परिवेशमा बाँच्नका लागि जन्मेका थियौँ र एउटा मनुष्यको परिकल्पना ग¥यौँ । त्यहाँबाट सबै कुरा राम्रो भएन र राम्रो तथा नराम्रो निर्धारण भएको हो । यस कारण मानिसको आधिकारिक जन्म भनेको शक्ति, स्वतन्त्रता र उमङ्गको लागि हो । 

हामी हाम्रा लागि नराम्रो हुने गरी आएका सत्य कुरा लुकाउँछौ र नाटक गर्दछौ त्यो नाटक पनि अनधिकृत हुन्छ । त्यो नाटकीय मानिसको लागि भौतिक पर्खालका जेल भन्दा मानसिक जेलले बढी बाँधिएको हुन्छ र जीवनमा खेल्ने खेल खेल्न सक्दैन । जब सत्य कुरा खोलिन्छ, त्यति बेला उसले गरेका सम्पूर्ण नाटकको अन्त्य हुनेछ । त्यसैले मानव जीवनमा आधिकारिकताले महत्त्वपूर्ण भूमिका खेल्दछ । राम्रो हुनु र राम्रो देखिनु अलग विषयवस्तु हुनु राम्रो देखिनका लागि प्रयोग गरिएका काल्पनिक वस्तुहरू आधिकारिक हुँदैनन् ।

आधिकारिकता त्यो हो, मानिसको जीवनमा जे छ, त्यही छ । यसलाई काल्पनिक वस्तुहरू रङ्ग रोगन दिई सिंगारेर अनधिकृत बनाउन आवश्यक छैन । यी अनधिकृत पदार्थले मानव जीवनको शक्ति स्वतन्त्र र उमंगलाई क्षयीकरण गर्छ । मानिसले आफ्नो खानपिनको आधिकारिकता छोड्दा रोग लाग्छ र रोगी बन्छन् । त्यसैले भनिन्छ, बाँच्नका लागि खानु तर खानका लागि नबाँच्नु यस कारण आधिकारिक पूर्णताको जीवन भनेका मूलभूत चाहनाहरूको प्राप्ति मात्र हो । आधिकारिक मानिसले पूर्णताको जीवनमा गर्व गर्नु आवश्यक छ । यदि यसो नभएका हाम्रा जीवनमा हाम्रा लागी सबैभन्दा काम लाग्ने मान्छे नै हामीबाट टाढा हुनेछन् । सबै उनीहरू अनधिकृत भई रहनेछन्  । जसरी एक नदिको मुहान अपवित्र हुँदा किनारा जति कै पवित्र भए पनि पानी पवित्र हुँदैन । यस कारण हामी सबैभन्दा पहिले आधिकारिक जीवन जिउन आवश्यक छ । हामी आधिकारिक र आफू अनुकूल बन्न सक्छौ किनभने मानवीय प्रेम भाषामा बाँच्छ र हामीलाई रोज्ने अवसर छ ।

मानव जीवनमा आधिकारिकता सँगै सफलता हात पार्नका लागि प्रतिबद्धता आवश्यक पर्दछ । म जे गर्न सक्छु, त्यो गर्ने साहस गर्नु छ  । अचम्मको विजय हासिल गर्ने इच्छा छ, भने पहिला कामको योजना बनाउनु पर्छ तर कतिपय मानिसहरू काममा असफल भइएला भन्ने त्रासले कामको सुरुवात नै गर्दैनन् र काममा सूत्रको प्रयोग गर्छन् र अप्राकृतिक बनाउँदछौ । त्यसबाट हामीलाई हीनताबोधले समाउँछ र मानसिकतालाई क्षणिक बनाउँछ । फलस्वरूप, हामी सम्पूर्ण काममा सूत्रको प्रयोग गर्छौ र अप्राकृतिक बनाउँदछौ । त्यसबाट हामीलाई हीनताबोधले समाउँछ र मानसिकतालाई क्षणिक बनाउँछ । फलस्वरूप, हामी सम्पूर्ण कामको क्षणिक विश्लेषण गर्दछौ । जसबाट हाम्रो सानो वस्तुमा आँखा नगई ठुलो र धेरै उपलब्धि चाहन्छौ अनि असफलता हात पार्छौ । म जे गर्न सक्छु त्यो लिन साहस गर्नु आवश्यक छ । र यो बुझ्नु पर्छ कि सानो वस्तु निकै महत्त्वपूर्ण हुन्छ । एउटा भोटले देशलाई परिवर्तन गर्न सक्छ ।

एउटा मुस्कानले पिडाहरू कम गर्छ । एउटा अभिव्यक्तिले मानिसको ज्ञान कति छ भन्ने मुल्याङकन गर्न सकिन्छ भने चाहेको खण्डमा एक विचार र एउटा नेताले विश्वलाई बदल्न सक्छ । यस कारण मानव जीवनमा वा परिवर्तनमा क्रान्ति सानो विषय भने होइन तर सानो विषयबाट जन्मन्छ । माथि उल्लेखित विषयहरू पुरा गर्नको लागि प्रतिबद्धताको आवश्यक पर्छ । जबसम्म हामी प्रतिबद्ध भइन्न सधैँ दोमन, पछाडि हट्ने सम्भावना रहिरहन्छ, सधैँ अप्रभावकारिताले पछ्याई रहन्छ । सबै प्रकारका सृजनाका प्रयासमा एउटा गहिरो सत्य भेटिन्छ, त्यस्तो सत्यको अज्ञानताले अनगिन्ती राम्रा विचारहरूले निक्कै राम्रा योजनाहरूको समेत अन्त्य गरिदिन्छन् । त्यो सत्य त्यो क्षणमा घट्छ, जतिकै कुनै एक व्यक्ति पूर्णरुपमा प्रतिबद्ध  हुन्छ । त्यो प्रतिबद्धता उसका लागि जीवनको सहायक वा भित्रको हिरो भएर हृदयमा रहन्छ । र ऊ हरेक सामाजिक जटिलतामा पनि समायोजन हुनसक्छ  । आत्म अनुशासन वा जीवनशील जीवन निर्भीकता जीवनको प्रतिबद्धता हो । प्रतिबद्धताका तत्त्वहरू निम्नानुसार छन् ः 

१. मरी मेट्ने                          २. गर्न सहयोग पुर्याउने 

३. झारो टार्ने                          ४. मतलब नराख्ने 

५. अन्धभक्त                            ६. सुलसुले

माथिका प्रतिबद्धताका तत्त्वहरूमा हामी कुन स्थानमा छौँ राम्ररी बुझ्नु आवश्यक छ र मरी मेट्ने स्थानमा पुग्नु प्रमुख कर्तव्य हुनेछ । माथि उल्लेखित बुँदा हामी जुन स्थानको जस्तो मनस्थिति बनाउँछौँ, त्यस्तै खालको परिवेश सृजना हुन्छ । र हामी त्यस्तै कामको पछाडि लाग्छौँ । काम गर्दै जाने क्रममा हामी जम्मा १०० वटा काममा ९९ वटा गरेर १ काम गर्दैनौ भने पनि हामीले काम नगरेको ठहर्छ । मानिस यो धर्तीमा खास समयमा कुनै खास उद्देश्यमा अनुबन्धित छ र यदि त्यो क्षेत्र कुशलतापूर्वक सम्पन्न गर्दैन भने उसले केही पनि नगरेको ठहर्छ । जीवन रूपान्तरणका लागि प्रतिबद्धताको परिपूरकको रूपमा आउँछ । शब्द वा कुरा ।

कतिपय मानिसहरू कुरालाई मानिसको मुखबाट निस्किरहेको शब्द हो, यसमा के सामर्थ्य छ ? भन्ने गर्दछन् । मानिसको मुखबाट निस्केका शब्दमा के उसको अन्तर निहित दर्शन हुन्छ र भन्ने गर्दछन् र कुरालाई समय व्यतीत गर्न साधनका रूपमा लिन्छन् । तर कुरा भनेको संसारलाई बदल्ने र परिभाषा गर्ने माध्यम हो । 

कुरा वा शब्दको आडमा हामी संसार मा भएका जे जति बस्तु छन्, तिनीहरूको नामाकरण र प्रयोग गरिरहेका छौ । मानिसले बोलेको शब्दले भविष्यको जन्म दिन्छ । र हामी मानिसलाई शब्दद्वारा सम्मान गर्छौ । जुनसुकै वस्तुको नामाकरण मानिसले गरेको छ । मानव जीवनलाई व्यवहारिक र सरल बनाउन शब्दले सहयोग गरेको छ । ती शब्दहरूमा आज अन्तर्निहित दर्शन हुँदैन । शब्दलाई विभिन्न व्यक्ति, समुदाय, धर्म, तथा राष्ट्रले आ– आफ्नै तरिकाले व्याख्या गरेको पाइन्छ । 

सुकरातका अनुसार शब्दहरू उधारो हुँदैनन् । शब्द आत्माको ऐना हो । जसले जस्तो बोल्छ उस्तै हुन्छ । 

पब्लिलिज साइरस बाइबलका अनुसार इन्साफको दिन मानिसहरूको असावधानी पूर्वक बाेलेका हरेक शब्दको लेखाजोखा हुनेछ । र तिम्रा बचनहरूबाट तिमी दोषी या निर्दोष ठहरिनेछौँ, भनेको छ । 

एक्रिमो सम्प्रदाले शब्दले पहिले देखि नै अस्तित्वमा भएको वस्तुहरूलाई इङ्गित गर्ने काम गर्दैनन् बरु शब्द भनेको त मूर्तिकारको छिने जस्तै हो, भनेका छन् । 

माथिका भनाइहरूबाट हामीले सधैँ सत्यको पक्षमा शब्दहरू ओकल्न आवश्यक छ र कुनै वस्तु हामीले जुन नजरमा नजरअन्दाज गर्छौ, त्यस्तै देखिन्छ । त्यसैले वस्तुको बनोट नराम्रो होइन, त्यस्ता वस्तु प्रति मानिसको हेराई गलत हो र हामीले प्रयोग गर्ने गरेका शब्दहरू गलत हुन् । संसारमा भएका सबै घटना तथा वस्तुहरूलाई हामी गलत अर्थ लगाउँदछौ र जीवनभर तड्पिरहेका छौ । 

अन्त्यमा : जीवनको कुनै तयारी अर्थ छैन र यो जीवन खाली छ । जीवन रित्तो छ । किनकि, जन्मँदै के गर्ने भन्ने निर्धारण गरिएको हुँदैन । समय र परिस्थिति अनुरूप मानव जीवनको परिवर्तन हुन्छ, यो एउटा खेल हो । मानव जीवन अस्थायी र अनिश्चित छ । जीवन इज्जत गर्नको लागि लायक छ । त्यो इज्जतबाट हामीलाई ज्ञान प्राप्त हुन्छ । त्यसैले उनीहरूको अस्तित्वका कारण हामी जीवनको बारेमा बुझ्छाैँ । जिन्दगी पहिले बुझेको भए फाइदा पहिले नै लिइसकेको हुन्थे, अहिले बुझ्दै छु र फाइदा लिँदै छु । त्यसैले म जहिले आफ्नो जिन्दगी बुझ्छु र फाइदा लिन्छु । जिन्दगी बुझ्न जरुरी छ, सोचाैँ र बुझौँ । 

प्रतिक्रिया