उपराष्ट्रपति पदका लागि यादवको उम्मेदवारी दर्ता
नेपालखोज
२०७९ फागुन २७ गते १४:०२

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट संसदीय दलका नेता रामसहायप्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
शनिवार संसद भवनमा पुगेर १० दलीय गठबन्धनको तर्फबाट उनले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका क्रममा जसपा नेताहरुको साथै नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रमुख सचेतक प्रकाश ज्वाला पनि सहभागी थिए ।
निर्वाचन आयोगले आज उपराष्ट्रपतिका लागि मनोनयन दर्ताको समय दिएको छ । आज दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गराइसक्नुपर्नेछ । प्रश्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, किशान श्रेष्ठ, शक्ति बस्नेत, रमेशजंग रायमाझी छन् भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया