उपराष्ट्रपति उम्मेद्वार रामसहाय यादवविरूद्ध एमालेले दियाे उजुरी
नेपालखोज
२०७९ फागुन २७ गते १६:२८

काठमाडाैं । जसपाका उपराष्ट्रपति उम्मेद्वार रामसहाय यादवविरूद्ध उजुरी परेकाे छ । यादवविरुद्ध एमालेले उजुरी दिएकाे हाे । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिएकाे छ।
एमालेले उपराष्ट्रपतिमा महिला हुनुपर्ने संवैधानिक व्यवस्था रहेको जिकिर गर्दै रामसहायविरूद्व उजुरी दिएको हो । जसपाले पुरूष उम्मेद्वारमा कानुनी अड्चन आउने आँकलनका साथ महिला उम्मेद्वारका रूपमा प्रमिलाकुमारी यादवलाई पनि उपराष्ट्रपति उम्मेदवार बनाएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले ६ बजेसम्म दाबी विरोधको सूचना दिने समय दिएको छ । उजुरीमाथि भोलि १२ बजेसम्म छानबिन गर्ने समय छ ।
सम्बन्धित
प्रतिक्रिया