बुधबार, वैशाख १९, २०८१

ओटीटीमा रिलीज हुने तयारीमा दश फिल्म

नेपालखोज २०७९ फागुन २९ गते १७:०६

काठमाडाैं । बलिउडमा यस्ता धेरै फिल्म छन् जसले हलमा दर्शकको मन जितेका छन् । ती चलचित्रले बक्स अफिसमा ठूलो धमाका पनि मच्चाए । अब ती चलचित्र ओटीटी प्लेटफर्ममा समेत धमाका गर्न तयार छन् । शाहरुख खानको पठान र थालापथी विजयको वरिसु पनि यो सूचीमा छन् । ओटीटीमा दर्शकले प्रत्यक्ष हेर्न पाउने अरु पनि चलचित्रमा छन् जसका बारेमा हामी तपाईंहरु लाई जानकारि दिदैंछौ ।

पठान (Pathaan)

शाहरुख खानको फिल्म ‘पठान’ ले बक्स अफिसमा १६ सय करोडभन्दा बढी कमाई गरेको छ । यो फिल्म २५ अप्रिल देखि ओटीटी प्लेटफर्ममा समेत उपलब्ध हुनेछ ।

वरिसू (Varisu)

थलपति विजयको सुपरहिट फिल्म ‘वरिसू’ पनि अमेजन प्राइम भिडियो मा आउन तयार छ । ओटीटीमा यो फिल्मको हिन्दी संस्करण पनि हेर्न पाईनेछ ।

विक्रम वेधा (Vikram Vedha)

ऋतिक रोशन र सैफ अली खानको क्राइम थ्रिलर विक्रम वेधाले बक्स अफिसमा खासै कमाइ गर्न सकेन । यद्यपि अब यो जियो सिनेमा मा प्रदर्शनमा आउँदैछ ।

भेडिया (Bhediya)

कृति सेनन र वरुण धवनको आगामी फिल्म ‘ भेडिया ’ जियो सिनेमामा प्रदर्शन गर्ने तयारी छ । यो फिल्म हरर कमेडी हो , जसमा वरुण धवन ब्वाँसोमा परिणत हुन्छन्।

कुत्ते (Kuttey)

अर्जुन कपूरको फिल्म कुत्तेले बक्स अफिसमा खासै व्यापार गर्न सकेन तर के विश्वास गरिदैछ भने यसले ओटीटी प्लेटफर्ममा राम्रो प्रदर्शन गर्नेछ । यो चलचित्र १६ मार्चका दिन नेटफ्लिक्समा रिलिज हुनेछ ।

खूफिया (Khufia)

तब्बु र अली फजलको खुफिया नेटफ्लिक्समा रिलिज हुन लागेको छ । यो फिल्ममा तब्बु ‘र’ एजेन्टको भूमिकामा देखिनेछिन् । यो फिल्मलाई लिएर दर्शकहरु पनि उत्साहित छन् ।

कैथल (Kathal)

सान्या मल्होत्राको कैथल नेटफ्लिक्समा रिलिज हुने तयारीमा छ । यद्यपि यो फिल्मको प्रिमियर मिति भने खुलाइएको छैन । यो चलचित्रमा सान्या मल्होत्रा ​​प्रहरी अफिसरको भूमिकामा देखिनेछिन् ।

ग्यासलाइट (Gaslight)

सारा अली खान र विक्रान्त मेसीको आगामी फिल्म ग्यासलाइट मार्च ३१ मा डिज्नी प्लस हटस्टारमा प्रिमियर हुनेछ । यो फिल्म मार्फत दुबैले पहिलो पटक सँगै काम गर्दैछन् ।

चकदा एक्सप्रेस (Chakda Express)

अनुष्का शर्माको फिल्म चकदा एक्सप्रेस पनि नेटफ्लिक्समा रिलिज हुँदैछ । यो फिल्ममा अनुष्का शर्मा झुलन गोस्वामीको भूमिकामा देखिएकि छिन् ।

चोर निकल के भागा (Chor Nikal Ke Bhaga)

यामी गौतम र सन्नी कौशलको फिल्म ‘चोर निकल के भागा’ पनि ओटीटीमा आउने तयारीमा छ । यो चलचित्र २४ मार्चमा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

प्रतिक्रिया