आइतबार, जेठ ५, २०८२

शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले पहिलो जित

नेपालखोज २०७९ फागुन ३० गते १८:०५

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा फ्रेन्ड्स क्लबले पहिलो जित निकालेको छ । फ्रेन्ड्स क्लबले लिगमा अपराजित रहेको जावलाखेल युथ क्लबलाई २–१ ले हराउँदै पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा फ्रेन्ड्स क्लबका लागि कप्तान प्रकाश बुढाथोकी र मिड फिल्डर राफिक अमिनुले एक एक गोल गरेर जित पक्का गरेका हुन् ।

जावलाखेलका फोडे फोफनाले पेनाल्टी मार्फत गोल एक गोल फर्काएका थिए ।

प्रतिक्रिया