शनिबार, जेठ ४, २०८२

आईसीसी विश्वकप लिग-२ : पीएनजी र युएई खेल्दै

नेपालखोज २०७९ चैत १ गते ७:५६

काठमाडौं । आईसीसी विश्वकप लिग टू सिरिजको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी(पीएनजी)ले युएईसँग खेल्दैछ । 

खेल टियु क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ मा सुरु हुनेछ ।  लिग टू सिरिजमा युएईविरुद्ध पुर्णरुपले हाबी रहेको पीएनजी आजको खेल जितेर विश्वकप लिग टू को यात्रा सुखद रुपमा समाप्त गर्न चाहान्छ । 

उता,युएई पनि पीएाजी माथी फराकिलो जित निकाल्दै एकदिवसीय मान्यता कायम राख्ने कमजोर सम्भावना जिवितै राख्न चाहान्छ । 

पीएनजीले ३५ खेलमा ५ मा जित २९ मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ । युएईले ३४ खेलमा १४ मा जित १७ मा हार व्यहोरेको छ । युएई ३१ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ ।

प्रतिक्रिया