शुक्रबार, असार ६, २०८२

स्ववियु निर्वाचन : आज मध्यरातिदेखि प्रचार प्रसार गर्न नपाइने

नेपालखोज २०७९ चैत २ गते ७:१४

काठमाडाैं । स्ववियु निर्वाचनका उम्मेद्वारहरुले प्रचार प्रसार गर्न पाउने समय अवधि आज मध्यरातिदेखि समाप्त हुने भएको छ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज चैत २ गते राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् ।

त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइँदैन । स्ववियु निर्वाचनको मतदान भने चैत ५ गते बिहान ८ बजेदेखि अपराह्न चार बजेसम्म तोकिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् । यसैगरी उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य भने समानुपातिक प्रणालीबाट चुनिनेछन् ।

प्रतिक्रिया