शुक्रबार, वैशाख ७, २०८१

आउँदैछ हुन्डाईको नयाँ माइक्रो एसयूभी

नेपालखोज २०७९ चैत २ गते १३:११

काठमाडाैं । टाटा पञ्चले माइक्रो एसयूभी सेग्मेन्टलाई निकै लोकप्रिय बनाएको छ । यो भारतमा सबैभन्दा बढि बिक्री हुने १० कारमा परेको छ। यद्यपि छिट्टै पञ्चसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने नयाँ माइक्रो एसयूभी बजारमा आउँदैछ । यो एसयूभी हुन्डाईको हुनेछ । हुन्डाईले माइक्रो एसयूभी खण्डमा नयाँ एसयूभी तयार गर्ने काम गरिरहेको छ र यसले ग्राहकहरूलाई नयाँ विकल्प दिने बताईएको छ।

हुन्डाईले आफ्नो नयाँ माइक्रो एसयूभी (कोडनेम हुण्डाई एआई ३) वर्ष २०२३ को अन्त्य वा अर्को वर्षको सुरुमा लन्च गर्ने अपेक्षा गरिएको छ । नयाँ हुन्डाई माइक्रो एसयूभीको मूल्यको दायरा अन्तर्राष्ट्रिय बजारमा १६ लाखदेखि २५ लाख रुपैयाँ सम्म हुने अपेक्षा छ । पञ्च बाहेक यसले मारुतीको इग्निस , रेनोको किगंर तथा निसान म्याग्नाइट जस्ता कारलाई पनि टक्कर दिनेछ ।

यो कार हालसालै परीक्षणका क्रममा पनि देखा पर्‍यो जसमा यसको केही डिजाइन देखा पर्‍यो । हुन्डाई Ai3 एसयूभी ले H आकारको लाइट एलिमेन्टहरूसहित प्रोजेक्टर हेडल्याम्पहरू र H-आकारको डिजाइन एलिमेन्टहरूसँग टेलल्याम्पहरू फिचर गर्नेछ । यसमा एलईडी डीआरएल, गोलाकार फोग ल्याम्प तथा एलोय ह्वील पनि हुनेछन् ।

यसको धेरै जानकारी बाहिर आएको छैन यद्यपि, यसमा फ्रि-स्ट्यान्डिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, कनेक्टेड कार टेक, अटोमेटिक एसी युनिट तथा सिंगल-पेन सनरुफ जस्ता सुविधाहरू पनि उपलब्ध गराईने अपेक्षा गरिएको छ।

प्रतिक्रिया