आइतबार, जेठ ५, २०८२

यूएईविरुद्ध भीम सार्कीको संयमित ब्याटिङ, अर्धशतक पूरा

नेपालखोज २०७९ चैत २ गते १५:५५

काठमाडौं । मध्यक्रमका युवा ब्याट्सम्यान भीम सार्कीले कठिन समयमा यूएईविरुद्ध महत्वपूर्ण अर्धशतक बनाएका छन् । आफ्नो नवौं एकदिवसीय खेलिरहेका २१ वर्षिय सार्कीले दोस्रो अर्धशतक बनाएका हुन् ।

टस हारेर फिल्डिङ गरेको नेपालले यूएईबाट ३११ रनको विशाल लक्ष्य पाएको छ । नेपालले खराब सुरुवात गर्दै पहिलो दुई ओभरमा दुई विकेट गुमाएको थियो । ६.५ ओभरमा कप्तान रोहित पौडेललाई गुमाउँदा भीम क्रिजमा आएका थिए । उनले ओपनर कुशल भुर्तेलसँग ६१ रनको साझेदारी गरे ।

विष्फोटक ब्याटिङ गरिरहेका कुशल आउट भएपछि नेपाल दबाबमा पर्‍यो, भीमले ६० बलमा अर्धशतक पूरा गरेका हुन् ।

उनको इनिङमा ५ चौका समावेश छन् । आरिफले २२ रन बनाएर भीमलाई साथ दिइरहेका छन् ।

प्रतिक्रिया