उपराष्ट्रपतिमा जित मेरै हुनेछ : उम्मेदवार अष्टलक्ष्मी
नेपालखोज
२०७९ चैत ३ गते १२:०५

काठमाडौं । उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपतिमा आफ्नो जित हुने बताएकी छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा जारी मतदान प्रक्रियाको क्रममा उनले यस्तो बताएकी हुन् ।
शाक्यले निर्वाचनमा अनेकौं चलखेल हुने भन्दै त्यसमा आफूले श्रेष्ठता हासिल गर्ने समेत बताइन् ।
संविधानमा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने लेखिए पनि उपराष्ट्रपति महिला नै हुनुपर्ने उनले बताइन् ।
शाक्यले भनिन्, ‘स्वस्थ अस्वस्थ, मर्यादित, अमर्यादित अनेकौं चलखेल हुन्छ, त्यसमा हामी श्रेष्ठता कायम गर्नेछौं ।’
सम्बन्धित
प्रतिक्रिया