सोमबार, वैशाख २९, २०८२

संसारभर निराश व्यक्तिहरूको संख्यामा वृद्धि

नेपालखोज २०७९ चैत ३ गते १४:५४

दुई दशकभन्दा बढी समयदेखि हजारौं मानिसको सामाजिक मनोवृत्तिको सर्वेक्षण गर्ने एडेलम्यान ट्रस्ट ब्यारोमिटरको हालैको प्रतिवेदनले अमेरिका, बेलायत जस्ता विश्वका केही विकसित देशमा मानिसहरूमा निराशावाद उच्चतम स्तरमा रहेको देखाएको छ। यसले महामारी र मुद्रास्फीतिको प्रभावबाट समाज कसरी विभाजित भैरहेको छ भन्ने कुरालाई थप पुष्टि गरेकोछ । मुद्रास्फीति र महामारीको प्रभावका बाबजुद उच्च आय भएका परिवारहरू अझै पनि समाज र संस्थाहरु प्रति निर्भर छन् तर निम्न आय भएका समूहहरूमा सामाजिक अलगाव बढ्दै गएको छ।

एडेलम्यान कम्युनिकेसन ग्रुपका रिचर्ड एडेलम्यानका अनुसार , “यसले फेरि ठूलो वर्ग विभाजन देखाउँछ।” यो सर्वेक्षणका लागि गत वर्ष नोभेम्बर १ देखि नोभेम्बर २८ सम्म २८ देशका मानिसहरु सँग अन्तर्वार्ता लिइएको थियो । रिचर्ड एडेलम्यानले भने, “हामीले कोरोना महामारीको प्रभावको समयमा यस्तो स्थिति देख्यौं र अब हामी यसलाई मुद्रास्फीतिको सन्दर्भमा देखिरहेका छौं।”

विश्व स्वास्थ्य संगठन तथा अन्य संस्थाहरूले महामारीको सबैभन्दा ठूलो प्रभाव गरिबहरूमा परेको बताउँदै आएका छन्। अत्यावश्यक वस्तुको मूल्यवृद्धिले न्यून आय भएका जनता यसको मारमा परेका छन् । रिचर्ड एडेलम्यानका अनुसार, विश्वव्यापी रूपमा केवल ४० प्रतिशत मानिस मात्र अर्को पाँच वर्षमा आफू तथा आफ्नो परिवारको राम्रो अवस्थाको आशा गर्छन् । एक वर्ष पहिले ५० प्रतिशत मानिस यस मामिलामा आशावादी थिए।

विकसित अर्थतन्त्रहरूमा सार्वजनिक निराशाको उच्चतम स्तर संयुक्त राज्य अमेरिकामा ३६ प्रतिशत, युनाइटेड किंगडममा २३ प्रतिशत, जर्मनीमा १५ प्रतिशत तथा जापानमा ९ प्रतिशत रहेको पाइएको थियो । बिकासदर कमै भए पनि केवल चीनमा गत वर्ष आशावादी प्रवृत्ति देखियो। शून्य कोभिड नीतिका कारण आर्थिक मन्दी भए पनि चीनमा यस्ता मानिसको अनुपात बढेर ६५ प्रतिशत पुगेको छ । उल्लेखनीय कुरा के छ भने चीनले अब आफ्नो कोभिड नीति खुकुलो पारेको छ।

एडेलम्यानले गरेको यो सर्वेक्षणमा रेकर्ड गरिएको तथ्याङ्कअनुसार ६३ प्रतिशत उच्च आय भएकाहरूले समाजका प्रमुख संस्थाहरूलाई विश्वास गर्छन्। कम आय भएका अमेरिकीहरूमा यी संस्थाहरू प्रतिको विश्वास ४० प्रतिशतले घटेको छ। साउदी अरेबिया, चीन, जापान र संयुक्त अरब इमिरेट्समा यस्तै अवस्था छ।

समाजको विभाजन र भविष्यमा बर्तमान सामाजिक अवस्था कायम रहोस वा नरहोस् भन्ने सम्बन्धमा गरिएको सर्वेक्षणको नतिजाले अर्जेन्टिना, दक्षिण अफ्रिका, स्पेन, स्वीडेन तथा कोलम्बिया जस्ता समाजमा निरास मानसिकता भएकाहरुको संख्या ठूलो रहेको पाइयो ।

प्रतिक्रिया