यी प्रदेशमा छ मेघगर्जन र चट्याङसहित वर्षाकाे सम्भावना
नेपालखोज
२०७९ चैत ६ गते ६:४६

काठमाडाैं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोसी, बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित वर्षा भइरहेको विभागले जनाएकाे छ ।
आज दिउँसाे देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ भने, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङसहित क्षणिक/हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया