शुक्रबार, चैत १६, २०८०

विराट गोल्डकप चैत ९ गतेदेखि, विजेतालाई २० लाख पुरस्कार

नेपालखोज २०७९ चैत ६ गते २२:०४

विराटनगर । यही चैत ९ देखि १६ गतेसम्म सञ्चालन हुन लागेको ‘विराट गोल्डकप’को सम्पूर्ण तयारी पूरा भएको छ । विराट गोल्डकप आयोजक समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा स्थानीय शहीद रङ्शालामा रात्रिकालीन प्रतियोगिता सञ्चालन हुने जानकारी दिइयो ।

प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका छ क्लब, भारतको एक र भूटानको एक क्लबले ‘नकआउट’ आधारमा प्रतिस्पर्धा गर्नेछन् । नेपालका विभागीय क्लबहरू एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिसका साथै, सङ्कटा, जवालाखेल र विराटनगर सिटी फुटबल क्लब छन् भने लुका सकर क्लब केरला भारत र ड्रुक लयुल फुटबल क्लब भूटान रहेका छन् ।

प्रतियोगिताको उपाधि विजेताले रु २० लाख १५ हजार तथा उपविजेताले रु १० लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सहसंयोजक सुभाशिष कोइरालाले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया