शुक्रबार, चैत १६, २०८०

कालाे झण्डा र जीपी काेइराला

सूर्य नेपाल २०७९ चैत ७ गते १६:००

२०४९ सालको कुरा हो । त्यति खेर म बिराटनगरबाट नेपाल टेलिभिजनका लागि संवाददाताको काम गर्थे । गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो ।

उहाँले मलाइ २०३९साल देखी नै साधारण रूपमा चिन्नु हुन्थ्यो । म कोशी अञ्चल अस्पतालमा पनि काम गर्थे र त्यहि क्वाटरमा बस्थे । त्यसैले पनि प्राय म कोइराला निवास गइरहन्थे । मैले त्यतिखेर देखीनै क्यामेरा किनेर फोटो खिच्न थालेको थिए । २०४२ सालको नगर निर्वाचनको बेलामा चाही मैले उहाँहरूको भाषणको फोटो खिचेको देखेर म संग प्रभावित हुनु भएको रहेछ । कार्यक्रमको भोली पल्ट निवासमा भेटन नै बोलाउनु भयो । त्यसपछि उहाँ सँगको सामिप्यता अन्तिम समय सम्म रहि रहयो । यदपी छदैछ ।

२०४६ को अन्दोलनपछि त उहाँ बिराटनगर आउनु भन्दा अगाडिनै मलाइ खबर गर्नु भन्ने गर्नु हुन्थ्यो । र जहिल्यै म उहाँको संगै हुन्थे । उहाँसँगका प्रसंङ्गहरू धेरै छन । यहाँ चै कालो झण्डाको सानो प्रसंङ्ग ।

अं, कुरा २०४९ सालको गर्दै थिए । स्थानिय निकायको निर्बाचनको समय थियो । सायद, त्यसै सन्दर्भ पारेर उहाँको पुर्बाञ्चल भ्रमणको कार्यक्रम बनाइएको थियो, हेलिकप्टरमा । सबै जिल्ला सदमुकाममा आमसभाहरूको अयोजना गरिएको थियो । जहाँ म लगायत पुरूषोत्तम दाहाल, रमेश तुफान, लक्ष्मण धिमिरे, बल बहादुर राई, गोपाल राइ आदि थियौँ ।

त्यति खेर क. मदन भण्डारीको भाषण कलाले मानिस प्रभावित भएका थिए । तर काँग्रेसमा त्यस समय महेश आचार्य, गोपाल राई, प्रदिप गिरी लगायत केही नेता मात्रको भाषण राम्रो मानिन्थ्यो । गिरिजा प्रसाद कोइरालाको भाषण चाँही एक क्षेत्रमा केही दिन सम्म एउटै हुन्थ्यो । त्यसैले प्रेसकर्मीहरूले चाँही ठाउँ अनुसार केही कुरा प्राथमिकता दिदै प्राय अनुमानका आधारमा समाचार लेख्थे । तर पनि कहीँ न कहीँ, केहीँ न केहीँ भनेर उहाँ भाषण कर्ताको चर्चा मै रहनु हुन्थो ।

२०४६ सालमा यो पञ्चको पनि जीत हो, माले, मसाले, मण्डले एकै हुन् आदि उहाँका चर्चित भनाइ र भाषणहरू थिए । त्यसैले म चाँही क्यामरा अन गरेर कुरेरै बस्थे । केही नयाँ भनी हाल्नु हुन्छ की भनेर । फेरी, कुनै बेला अगाडि क्यामरा नदेखे पछि, पछि आमसभा सिध्दिएपछि तिमिलाइ गारो त भाको छैन ? भनेर मलाइ सोधि हाल्नुहुन्थो । त्यसैले पनि म हरबखत अगाडि नै हुन्थे ।
निवासमा फर्केपछि उहाँले कहिलेकाहीँ खोइ त देखाउ तिमिले खिचेको भनेर हेर्ने पनि गर्नु हुन्थ्यो । उहाँको भाषणहरू, ठाउँ हेरी बिकास निर्माणका कामको सम्बोधन बाहेक प्राय एकै हुन्थ्यो । तर जुन जिल्ला गए पनि केही एमाले कार्यकर्ताहरूले प्रहरीको आँखा छली कालो झण्डा देखाउने गर्दथे ।

माथि हेलिकप्टर देखेपछि हेलिकप्टरलाई पनि कालो झण्डा देखाउथे । कालो झण्डा देखाउने एमालेका कार्यकर्ता पनि प्रक्राउ पर्ने डरले डराइ डराइ देखाउथे । कतिलाइ पक्राउ गरेको रिपोर्ट आयो ।

कालो झण्डा देखाउनेलाइ प्रहरीले रोकेको, पक्रेको भन्ने थाहा पाएपछि उहाँले प्रहरीलाइ गाली गर्दै आफुले जनताको बिरोध गर्ने अधिकार कालो झण्डा देखाएरै प्राप्त गरेकोले कालो झण्डा देखाउन नरोक्न भन्नु भयो । यो कुरा एमालेमा फैलिएछ । त्यस पछि त पक्राउ नपर्ने र प्रहरीले अबरोध नगर्ने थाहा पाए पछि त अर्काे ठाउहरूमा कालो झण्डा देखाउनेहरू बढदै गए ।

उहाँले चैँ आफनो भाषणमा भन्ने गर्नु हुन्थो कि यस्ता काला झण्डाहरू देखाएर नै म आज प्रधानमन्त्री भएको हुँ तर अब देशमा प्रजातन्त्र आएकाले कसैलाइ बिना तुककाले झण्डा देखाउनु समयको बर्बाद गर्नु हो । काला झण्डा देखाउने हातले अब कोदालो समाएर बाटो बनाउनु पर्छ । खेति गरेर देश विकाश गर्नुपर्छ ।

सिम सिम पानी परिरहेको थियो । एक जिल्लाबाट अर्को जिल्लामा जाँदा कहीँ कहीँ त हेलिकेप्टर अगाडि जान नसकेर मकैबारीमा समेत ल्याण्ड गर्नुपथ्र्यो ।

हामी त्यस दिनको अन्तिम आम सभाका लागि इलाम पुग्यौँ । ४ बजीसकेको थियो । पानी परिरहेको हुनाले आमसभामा आउने सबैले छाता ओडेका थिए । अरूले बोल्दा मानिस दाँया बाँया लागे पनि उहाँले बोलेको बेलामा सबै चउरमा भेला भए । सबैले छाता ओडेका थिए । त्यहाँ पनि केहि मानिसले कालो झण्डा देखाए । प्रहरीले तिनलाइ सामान्य बल प्रयोग गरेर पर लगे ।
सबैले छाता ओडेको हुँदा सारा कालै कालो देखिएको थियो । लाग्थ्यो सबैले कालै झण्डा देखाइरहेका छन् । यो देखेर उहाँलाइ सायद रिस उठे छ कि क्या हो, कालो झण्डा देखाउनेहरूलाइ यस अघिका ठाउँहरूमा गरेको सम्बोधन भन्दा फरक शैलीमा भन्नुभयो, अम्लो ढडयाउदै …..।

…..यो ..गिरिजाप्रसाद कोइराला कुनै भैँसी होइन, जो कालो टालो र छाता देखाउदा तर्सने र भाग्ने !

अनि दाहोर्याउनु भयो … यस्ता काला झण्डाहरू देखाएर नै म आज प्रधानमन्त्री भएको हुँ । तर अब देशमा प्रजातन्त्र आएकाले कसैलाइ बिना तुकको कालो झण्डा देखाउनु समयको बर्बाद गर्नु हो । कालो झण्डा देखाउने हातले अब कोदालो समाएर बाटो बनाउनु पर्छ । खेति गरेर देश विकास गर्नु पर्छ ।

उहाँको यो म तर्सने भैँसी हैन् भन्ने …. भाषणले पनि खूबै चर्चा पाएको थियो ।

(प्रकाशोन्मुख ..जीपीका स्मृतिहरूबाट साभार)

प्रतिक्रिया